HPV खोप: HPV र क्यान्सरबाट सुरक्षा - नेपाली (Nepali)
On this page:
१२–२५ वर्ष उमेरका योग्य व्यक्तिहरूका लागि HPV खोप निःशुल्क उपलब्ध छ।

खोप लगाउन अपोइन्टमेन्ट लिनुहोस्
- १२ देखि २५ वर्ष उमेरका व्यक्तिहरूका लागि निःशुल्क।
- अधिकांश व्यक्तिलाई १ मात्रा मात्र आवश्यक हुन्छ।
- कक्षा ७ (Year 7) मा विद्यालयमा दिइन्छ।
- सुरक्षित छ र अष्ट्रेलियामा धेरै वर्षदेखि प्रयोग हुँदै आएको छ।
विभिन्न उपनगर र विभिन्न समयमा अपोइन्टमेन्टहरू उपलब्ध छन्, जसमा केही साँझ र सप्ताहन्तका समय पनि समावेश छन्।
अपोइन्टमेन्ट लिन तपाईं 03 9122 3845 वा 03 9240 1111 मा फोन पनि गर्न सक्नुहुन्छ।
HPV खोपबारे जानकारी
HPV खोपले युवायुवतीहरूलाई कसरी सुरक्षा दिन्छ भन्ने जान्न यो छोटो भिडियो हेर्नुहोस्
अपोइन्टमेन्ट लिन तपाईं 03 9122 3845 वा 03 9240 1111 मा फोन पनि गर्न सक्नुहुन्छ।
सहयोग चाहिन्छ?
तपाईंलाई अपोइन्टमेन्ट लिन, आफ्नो खोप इतिहास जाँच गर्न वा दोभाषेको व्यवस्था गर्न सहयोग चाहिन्छ भने HPV खोप सोधपुछ फाराम भर्नुहोस्।
सामान्य प्रश्नहरूका उत्तरहरू
HPV र खोपबारे मानिसहरूले सोध्ने सामान्य प्रश्नहरूका उत्तरहरू पाउनुहोस्।
यस खण्डमा दिइएको जानकारी Cancer Council Victoria को HPV Fact Sheet बाट अनुकूलन गरिएको हो। थप जानकारी www.hpvvaccine.org.au मा पाउनुहोस्।
-
ह्युमन प्यापिलोमाभाइरस (Human papillomavirus) (HPV) एक धेरै सामान्य भाइरस हो।
मुख्यतः घनिष्ठ रूपमा छालासँग छालाको सम्पर्कबाट सर्छ।
धेरै व्यक्तिको शरीरले HPV लाई प्राकृतिक रूपमा हटाउँछ।
तर, केही HPV सङ्क्रमण शरीरमा रहिरहन सक्छन् र समयसँगै क्यान्सर गराउन सक्छन्।
यसमा पाठेघरको मुखको क्यान्सर, यौनाङ्गसम्बन्धी क्यान्सर र घाँटीका केही प्रकारका क्यान्सर समावेश छन्।
HPV को प्रायः कुनै संकेत वा लक्षण हुँदैन।
नै व्यक्तिलाई आफूलाई थाहा नभई HPV हुन सक्छ।
-
HPV खोपले HPV संक्रमण र HPV सँग सम्बन्धित क्यान्सर रोक्न मद्दत गर्छ।
खोप मानिस HPV को सम्पर्कमा आउनुअघि लगाएमा सबैभन्दा प्रभावकारी हुन्छ।
अन्य बालबालिका र किशोरकिशोरीका खोपहरूजस्तै, चाँडै खोप लगाउँदा सुरक्षा आवश्यक हुनुअघि नै व्यक्तिलाई सुरक्षा प्रदान गर्छ।
खोपले पहिलेदेखि भएको HPV सङ्क्रमणको उपचार गर्दैन, तर व्यक्ति पहिले सम्पर्कमा नआएका HPV का प्रकारहरूबाट सुरक्षा दिन सक्छ।
HPV खोप लगाउनुको अर्थ कुनै व्यक्ति यौन रूपमा सक्रिय छ भन्ने अनुमान गर्नु होइन।
-
HPV खोप सबै लैङ्गिक पहिचानका योग्य युवायुवतीहरूका लागि सिफारिस गरिन्छ।
नियमित रूपमा कक्षा ७ (Year 7) का विद्यार्थीहरूलाई, सामान्यतया १२–१३ वर्षको उमेरमा, दिइन्छ।
सम्भावित रूपमा HPV को सम्पर्कमा आउनुअघि खोपले सबैभन्दा राम्रो सुरक्षा दिने उमेर यही हो।
अन्य धेरै खोपमा पनि यही तरिका अपनाइन्छ।
कसैलाई खोप लगाउनुअघि दादुरा वा मेनिन्गोकोकल रोगको सम्पर्कमा नआउन्जेल हामी पर्खँदैनौँ।
-
रक्षित छ।
HPV खोपहरू अष्ट्रेलिया र विश्वभर धेरै वर्षदेखि सुरक्षित रूपमा प्रयोग हुँदै आएका छन्
सामान्य साइड इफेक्टहरू प्रायः हल्का हुन्छन् र छोटो समयसम्म मात्र रहन्छन्।
यसमा पाखुरा दुख्ने, रातो हुने वा सुन्निने, टाउको दुख्ने, थकान वा हल्का ज्वरो आउने हुन सक्छ।
तपाईंका कुनै प्रश्न वा स्वास्थ्यसम्बन्धी चिन्ता छन् भने आफ्नो खोप सेवा प्रदायकसँग कुरा गर्नुहोस्।
-
२६ वर्ष पुग्नुअघि HPV खोपको पहिलो मात्रा लगाउने अधिकांश व्यक्तिलाई एक मात्रा मात्र आवश्यक हुन्छ।
रोग प्रतिरोधात्मक प्रणालीलाई असर गर्ने केही स्वास्थ्य अवस्था वा उपचार भएका व्यक्तिलाई तीन मात्रा आवश्यक हुन्छ।
खोप सेवा प्रदायकले तपाईंका लागि के उपयुक्त हुन्छ भन्ने सल्लाह दिन सक्छ।
-
सक्नुहुन्छ।
राष्ट्रिय खोप कार्यक्रम (National Immunisation Program) अन्तर्गत १२–२५ वर्ष उमेरका व्यक्तिहरूका लागि HPV खोप निःशुल्क छ।
तपाईं पहिले नै HPV को सम्पर्कमा आइसक्नुभएको भए पनि, खोपले तपाईं पहिले सम्पर्कमा नआएका HPV का प्रकारहरूबाट अझै सुरक्षा दिन सक्छ।
पले पहिलेदेखि भएको HPV सङ्क्रमणको उपचार गर्दैन।
HPV खोपबारे जानकारी लिन तपाईंले आफ्नो यौन गतिविधिसम्बन्धी व्यक्तिगत विवरण बताउनु आवश्यक छैन।
-
आफ्ना खोपहरू अद्यावधिक छन् कि छैनन् भनेर जाँच गर्न कहिल्यै ढिलो हुँदैन।
बालबालिका र किशोरकिशोरीका अधिकांश छुटेका खोपहरू २० वर्षको उमेरसम्म निःशुल्क ‘क्याच-अप’ खोपका रूपमा लगाउन सकिन्छ।
आफूले कुन-कुन खोप लगाएको हो भन्ने निश्चित छैन भने काउन्सिलको खोपसम्बन्धी हेर्ने नर्स, खोप सेवा प्रदायक वा स्वास्थ्यकर्मीसँग कुरा गर्नुहोस्।
-
तपाईं वा तपाईंको बच्चा Year 7 मा पढ्नु हुन्छ भने काउन्सिलका खोपसम्बन्धी हेर्ने नर्सहरूले विद्यालयमा HPV खोप उपलब्ध गराउनेछन्।
द्यालयमा तय गरिएको खोपको समय छुटेमा, पछि विद्यालयमा हुने अर्को भ्रमणमा खोप लगाउन सम्भव हुन सक्छ।
Merri-bek सिटी काउन्सिलले समुदायमा पनि खोप लगाउने सत्रहरू सञ्चालन गर्छ।
तपाईंले आफ्नो डाक्टर वा सहभागी फार्मेसीबाट पनि निःशुल्क खोप लगाउन सक्नुहुन्छ।